नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप
नेपालगन्ज: बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको छ। झडपपछि धम्बोजी चोकको अवस्था केहीबेर तनाबग्रस्त भएको थियो।
झडपमा राप्रपा नेपालका आठ जना कार्यकर्ता घाइते भएका छन्। २०६२÷२०६३ को आन्दोलनका समय तत्कालीन माओवादीका कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको शालिक भत्काइदिएका थिए।
बिहीबार भत्किएको उक्त शालिकमा नयाँ शालिक राख्ने क्रममा प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको हो।
‘हामी शालिक राख्दै थियौं, एक्कासी प्रहरीले आएर लाठीचार्ज गर्यो,’ राप्रपा नेपालकी कार्यकर्ता लक्ष्मी श्रेष्ठले भनिन्। सुरक्षामा खटिएका प्रहरी अधिकृत शशिधर अधिकारीले झण्डा राख्छु भनेर शालिक राखेको बताए।
ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। धम्बोजी चोक क्षेत्रलाई प्रहरीको आफ्नो नियन्त्रणमा राखेको छ।
प्रतिक्रिया दिनुहोस !