‘प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुन्न’

‘प्रधानमन्त्रीको भारत भ्रमणलाई संविधान संशोधनसँग जोड्नुहुन्न’

विराटनगर: सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने बताएका छन्।

फोरम नेपालले मोरङको विराटनगरमा बिहीबार गरेको मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरेका हुन्।

यादवले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसद्मा प्रवेश नभएकाले आशङ्का हुनु स्वाभाविक भउको बताए। संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उनले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए। 

प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्न नहुने यादवले बताए। उनले भने,‘संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ।’ रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.