ब्राजिलमा नयाँ राष्ट्रपतिमा माइकल टेमर निर्वाचित

ब्राजिलमा नयाँ राष्ट्रपतिमा माइकल टेमर निर्वाचित

बार्सिलिया: ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ।

पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागेर निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए।निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहने छ।

नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति डिल्मा रुसेफ संसदबाट औपचारिक रुपमा नै बाहिरिएका छन्। गत मे १२ मा कार्यवाहक राष्ट्रपति नियुक्त पाएदेखि टेमरले राष्ट्रिय महत्वका कुनै पनि परिवर्तनकारी निर्णय गरेका थिएनन्। यद्यपी डिल्मा रुसेफले देशको अर्थतन्त्रमा तहसनहस पारेर छोडेको भनिएको अवस्थाउपर उनको यस कार्यकालमा तीनवटा सुधारका कार्यक्रम लागू गरिएको दाबी छ ।

पहिलो, मुलुकको बढ्दो मुद्रा स्फिति नियन्त्रण गर्न एक बलिष्ठ अर्थविज्ञ समूहको गठन, दोस्रो मुलुकभित्र वैदेशिक लगानी भित्र्याउन गरिएको प्रयास र तेस्रोमा कर उठाउने तथा श्रम क्षेत्रमा गरिएको सुधारका प्रयासहरु व्यवस्थापन पर्दछन्।

राजनीतिज्ञ तथा सचेत ब्राजिलियाली जनतामाझ लोकप्रियता आजन गर्न नसकेकता पनि टेमरले सबै राजनीतिक दलहरुसँग सङ्घीय र राज्यस्तरमा समन्वय सदभाव कायम राख्न गरिएको प्रयास प्रशंसनिय मानिएको छ। सन् १९२० मा आप्रवासीको रुपमा टेमरका परिवार लेवनानबाट ब्राजिलमा बसाईसरी आएका थिए।

टेमर साओ पाउलो राज्यको टिटेमा सन् १९४०, २३ सेप्टेब्बर जन्मिएका हुन्। आठ भाई छोरामध्ये उहाँ सबभन्दा कान्छो हुन्। उनी कट्टर क्रिश्चियनको रुमपा परिचित छन्। उनलाई सान पाब्लोस्थित फोन्टिफिकल क्याथोलिक युनिभर्सिटीले कानुन विधामा डाक्टरी उपाधि प्रदान गरको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.