भियतनाममा आँधीबाट ९० को मृत्यु

भियतनाममा आँधीबाट ९० को मृत्यु

हो चि मिन्ह्सिटी: भियतनाममा गत जनबरीदेखि अगस्टसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ।

सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० हुनुका साथै अन्य २२३ व्यक्ति घाइते भएका देशको कृषि र ग्रामिण विकाश विभागले बिहीबार जानकारी दिएको छ।

जारी यस प्रकोपबाट १६ सय घर ध्वस्त भएको छ। त्यसगरी ८१ हजार ८०० घरहरु क्षतिग्रस्त भएका छन्। दुई लाख ३०० हेक्टर जमिनको धान वाली नष्ट भएको बताइएको छ भने, ४९ हजार ७०० हेक्टर जमिनको अन्य वालीनाली नष्ट भएको छ।

यसैबीच सो प्रकोपको कारण ३६ हजार गाई भैँसीको मृत्यु भएको छ । एक लाख ९८ हजार कुखुरालगायतका पशुपक्षीको मृत्यु भएको छ।

सन् २०१६ को पहिलो आठ महिनमा यस प्रकोपबाट दुई लाख ४३ हजार पाँच सय घरपरिवार प्रभावित भएका छन्। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.