नयाँ शक्ति पार्टीद्वारा सरकारसामू १८ बुँदे माग पेस
काठमाडौंः नयाँ शक्ति नेपालले शिक्षा, विज्ञान तथा प्रविधि विभागले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्ने भन्दै विभिन्न १८ बुँदे मागहरु सार्वजनिक गरेको छ।
विभागले बिहीबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शिक्षा क्षेत्रका सकारात्मक पक्षहरुको आत्मासाथ र समस्याहरुको सकारात्मक समाधानको लागि भन्दै सरकारको ध्यानकार्षण गराउन विभिन्न १८ बुँदे माग अघि सारेको हो।
उसले अघि सारेका मागहरुमा शिक्षालाई विज्ञान प्रविधि–मैत्री बनाउनुपर्ने, विद्यालयलाई अनुसन्धानमुखी, व्यवसायिक बनाउनुपर्ने, विश्वविद्यालयको खाली जमिनलाई सदुपयोग गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट कम्तिमा २० प्रतिशत पुर्याउनुपर्ने, १० औं प्रकृतिका शिक्षकहरुको प्रावधान खारेज गर्नुपर्ने, मदरशा, गुम्बा, गुरूकुल विद्यालयहरुको सेवा सुविधा अरु विद्यालय सरह गर्नुपर्ने लगायतका छन ।
पत्रकार सम्मेलनमा विभागका प्रमुख डा. राजेन्द्र केसीले नेपालको शिक्षा पद्धतिमा खिया लागेको बताए। उनले विश्वलाई जित्ने खालको नयाँ नीति र आमुल परिर्वतनको शिक्षा प्रणाली अहिलेको खाँचो रहेको बताए।
डा. केसीले शिक्षामा लगानी गर्न सरकार चुकेको बताउँदै शिक्षा क्षेत्रमा मात्र कुल वजेटको २० प्रतिशत लगानि गर्नुपर्ने सुझाव दिएका छन्। उनले विद्यमान परिक्षा प्रणाली अवैज्ञानिक रहेको र नितिगत परिवर्तन गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !