सरकारद्वारा भारत र चीनका लागि राजदूत सिफारिस

सरकारद्वारा भारत र चीनका लागि राजदूत सिफारिस

काठमाडौंः सरकारले दुई छिमेकी मुलुक चीन र भारतका लागि राजदूतको सिफारिस गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मूख्यसचिव लीलामणि पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए। 

भारतका लागि राजदूत सिफारिस भएका उपाध्याय पूर्व राजदूत हुन्। उनलाई अघिल्लो सरकारले राजदूतबाट फिर्ता बोलाएको थियो।

यस्तै बैठकले डा. मिनबहादुर श्रेष्ठलाइ योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कार्कीले बताए।

यसैगरी मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.