‘म जनताको मन्त्री हुँ भेट्न अाउन समय लिनुपर्दैन्, सिधै आउनुस्’

‘म जनताको मन्त्री हुँ भेट्न अाउन समय लिनुपर्दैन्, सिधै आउनुस्’

काठमाडौंः बाणिज्य मन्त्री रोमी गौचन थकालीलले मन्त्री पद जनताको सेवाका लागि भएको बताएका छन्।

मन्त्रालयमा बिहीबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा मन्त्री थकालीले जनताको काम गर्न आफू मन्त्री भएको बताउँदै जनतासँगको भेटघाटको समय पनि परिवर्तन गरेको बताएका हुन्।

अधिकांश मन्त्रालयमा मन्त्रीको नेम प्लेटसँगै भेटघाटको समय २ बजे पछि लेख्न प्रचलन रहेको छ। तर बाणिज्यमन्त्रालयमा जतिबेला पनि भेटघाट गर्न सकिने व्यवस्था मिलाइएको छ ।

‘जनताकै काम गर्नका लागि यहाँ आएको व्यक्तिले सिंहदरबार आउने गरिब जनतालाई यतिबेला आउनुहोला र उतिबेला आउनुहोला भनेर समय तोक्नु भनेको जनतामाथि अन्याय हो’ उनले भने,‘त्यसैले मेरो आग्रह छ मसँग काम परेको बेला कि फोन गर्नुहोस होइन भने सरारस मन्त्रालयमा भएको बेला जतिबेला पनि भेट हुन्छ।’

उनले भने,‘आफू अहिले पनि आफ्नै निवासबाट मन्त्रालय आइरहेको छु्, राति १२ बजेर ५९ मिनेटदेखि विहान ४ बजेर २९ मिनेट सम्मको समय सुत्ने हो, त्यो बाहेक मलाई जतिबेला पनि भेट्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.