शुभेच्छु र नेपालीलाई मोती पुरस्कार

शुभेच्छु र नेपालीलाई मोती पुरस्कार

काठमाडौँः यस वर्षको युवावर्ष मोती पुरस्कार साहित्यकार रमेश शुभेच्छु (पाँचथर) र गोविन्द नेपाली सार्की (जुम्ला)लाई प्रदान गरिएको छ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५१ औँ जयन्तीको अवसरमा राष्ट्रकवि माधव घिमिरेले शुभेच्छु र नेपालीलाई पुरस्कार प्रदान गरे ।

नेपाली शिक्षा परिषद्को आयोजनामा राजधानीमा आयोजित विशेष कार्यक्रममा नगद २५–२५ हजार, स्वर्ण पदक र सम्मानपत्रले दुई कवि सम्मानित भएका हुन् । राष्ट्रिय युवा कोषले २०४२ सालदेखि प्रत्येक वर्ष ४० वर्ष ननाघेका साहित्यकारलाई मोती पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कार वितरणपछि बोल्दै राष्ट्रकवि घिमिरेले भने, ‘सम्मानित युवा कविले मोतीराम जस्तै उन्नती गर्दै जाने विश्वास लिएको छु, सम्मानित दुवै कविलाई मेरोतर्फबाट बधाई छ ।’

पुरस्कार छनोट समितिका संयोजक प्रा.डा. चूडामणि बन्धुले सम्मानित हुने प्रतिभालाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा पुरस्कृत कविको परिचय परिषद्का सदस्य शंकरप्रसाद पाण्डेले गराए । पाण्डेले कर्णाली अञ्चलका नेपाली र मेची अञ्चलका शुभेच्छुले नेपाली साहित्य क्षेत्रमा युवा उमेरै पुर्याएको योगदानको चर्चा गरे ।

सम्मानित कवि शुभेच्छुले मोती पुरस्कारले आफूलाई मोतीरामको जस्तै काम गर्ने हौसला मिलेको बताए भने नेपालीले सिर्जना यात्रामा यो पुरस्कारले थप ऊर्जा मिलेको बताए ।

सोही अवसरमा समस्यापूर्ति कवि सम्मेलन सम्पन्न भएको छ । ‘स्वागतम भोलीलाई’ शीर्षकमा तत्काल कविता लेखेर कविले एकएक श्लोक कविता बाचन गरे । समस्यापूर्ति सुनाउने कविमा राष्ट्रकवि घिमिरे, रमेश खकुरेल, गार्गी शर्मा, बुनु लामिछाने, भुवनहरि सिंग्देल, श्रीहरि फुयाँललगायत दुई दर्जन बढी थिए ।

राष्ट्रकवि घिमिरेले मोतीराम भट्टबाट सुरु भएको समस्यापूर्ति कविता लेखनले अहिलेसम्म निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । ‘आजको स्रष्टामा समस्यापूर्ति कविता लेखनमा देखिएको उत्साहले मलाई थप उत्साह मिलेको छ,’ राष्ट्रकवि घिमिरेले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.