स्ववियु चुनाव समयमा नै गराउन कार्यदल गठन

स्ववियु चुनाव समयमा नै गराउन  कार्यदल गठन

काठमाडौं:  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमा नै सम्पन्न गर्न संयुक्त विद्यार्थी सङ्गठनले कार्यदल गठन गरेको छ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा शुक्रवार बसेको विभिन्न १० विद्यार्थी सङ्गठनले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको कार्यान्वयन र आगामी कार्यदिशा तय गर्न सम्पूर्ण विद्यार्थी सङ्गठनका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गर्ने निर्णय गरेको हो।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनले मेडिकल अध्ययनरत ४५ प्रतिशत वर्गीकृत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने भन्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न सरकार र सरोकारवालासँग माग गरेको छ।

यसैगरी भूकम्पपीडित प्रभावितहरुको जनजीवनलाई व्यवस्थित बनाउन तत्काल सरकारले पहल गर्नुपर्ने, चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको बजारभाउ तथा गुणस्तर र यातायातका साधनमा बढिरहेको अस्तव्यस्त हटाई सु–व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ।

संयुक्त विद्यार्थी सङ्गठनमा नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम नेपाललगायत रहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.