उत्तरी जापानमा भीषण आँधीबाट १४ को मृत्यु
![उत्तरी जापानमा भीषण आँधीबाट १४ को मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/yokohamafuji-57c958256d5a19.51775978_5TbX3fZlYF.jpg)
टोक्यो। उत्तरी जापानमा आएको भीषण आँधीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ।
होक्काइदो द्वीपको एक नदी नजिकै बिहीबार साँझ दुई व्यक्तिको थप शव फेला परेपछि यो सङ्ख्या १४ पुगेको प्रहरी प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएको छ।
यस ‘लायनरक’ नाम दिइएको यस तूफानबाट बिहीबार नै १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ बेपत्ता भएका बताइएको थियो।
एवाइजुमी सहर यस आँधीबाट अत्यन्त प्रभावित भएको यस सहरमा मात्र यस तूफानबाट १२ व्यक्तिको मृत्यु भएको छ। मारिएका ती १२ व्यक्तिमा नौ जना बृद्ध आश्रममा बस्ने व्यक्ति रहेका छन्।
यसैबीच देशको दक्षिणी भागमा पनि अर्को शक्तिशाली आँधी आएको बताइएको छ। सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै सबैलाई सुरक्षित र सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ।
होक्काइदो प्रान्तको टोहोकु क्षेत्रमा चार लाख व्यक्तिलाई खतरा पुर्याएको भन्दै उद्वार गरी अन्यत्रै सारिएका गत बुधबार नै बताइएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)