मलेसियामा पनि देखियो जिका भाइरस

मलेसियामा पनि देखियो जिका भाइरस

मलेसिया : मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ ।

उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ ।

यसअघि मलेसियाली एक महिलाले सिङ्गापुरबाट घर फर्किएपछि उक्त रोगका करण ज्यान गुमाएकी थिइन् । उनलाई सिङ्गापुरमा रहँदा जीका भाइरसको सङ्क्रमण भएको दाबी गरिए पनि शनिबार मृत्यु भएका सवाह राज्यका नागरिकको भने स्थानीयस्तरमै रोगको सङ्क्रमण भएपछि मृत्यु भएको जनाइएको छ ।

एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने जीका भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका ६७ देशमा भेटिएका र विश्वभर करिब २६ लाख मानिसमा यसको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । जिकाबाट ब्राजिल नराम्रोसँग प्रभावित बनेको छ । रासस/ एएफपी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.