‘न्यायालयमा हुने गरेका अनियमितता नियन्त्रण गर्छु’

‘न्यायालयमा हुने गरेका अनियमितता नियन्त्रण गर्छु’

भक्तपुरः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले न्यायालयमा हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न आफू लागि परेको बताएका छन्।

रफत सञ्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा मन्त्री नायकले नेपालका तीनवटै निकाय भ्रष्टाचारबाट अछुतो नरहेको भन्दै न्यायालयमा भइरहेका अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आफू लागि परेको बताएका हुन्।

सरकारले तोकेको समयमा तीन वटै तहको निर्र्वाचन गर्न लागि परेको र त्यसका लागि तयारी भइरहेको भन्दै उनले २०७४ माघभित्र तीन तहको निर्वाचन नभए देशमा संबैधानिक संकट देखा पर्ने बताए।

मन्त्री नायकले स्थानीय निकायको पुर्नसंरचना आयोगलाई विभिन्न राजनीतिक दलहरुले प्रस्ताव गरेको स्थानीय तहको संख्या ५ सय ६५ मा दलीय सहमति जुट्ने दाबी गरे।

स्थानीय तहको निर्वाचन सवैका लागि आवश्यकता रहेको र यसमा कसैको अवरोध नरहेको भन्दै उनले तोकिएकै समयमा स्थानीय निर्वाचन हुने बताए।

मधेसवादी दलहरुसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि संविधान संशोधनको प्रक्रिया केही दिनमै अघि बढाइने मन्त्री नायकले जानकारी दिए।
उनले संविधान संशोधन भएसँगै मधेसवादी दलहलरुको माग सम्बोधन हुने र स्थानीय निकायको निर्वाचनको वातावरण बन्ने दाबी गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.