‘चीरहरण’लाई पद्यश्री र बैरागी काँइलालाई पद्यश्री साधना सम्मान

‘चीरहरण’लाई पद्यश्री र बैरागी काँइलालाई पद्यश्री साधना सम्मान

काठमाडौँ: निलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’लाई पद्यश्री र वरिष्ठ साहित्यकार बैरागी काँइलालाई पद्यश्री साधना सम्मान २०७२ बाट सम्मान गरिने भएको छ ।

आइतबार खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्यश्री र पद्यश्री साधना सम्मान २०७२ प्रदान गर्ने स्रष्टाको नाम घोषणा गरेको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले विज्ञप्ति मार्फत् कार्की र काँइलालाई सम्मान गरिने जानकारी गराएका छन् ।

प्रतिष्ठानले पद्यश्री पुरस्कारका लागि यस अघि पाँच कृतिको मनोनय सार्वजनिक गरेको थियो । उत्कृष्ट पाँचमा समेटिएका रामला जोशीको कथासंग्रह ‘ऐना’, कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’, गिरीश गिरीको ‘गैह्र–आख्यान वीरगञ्जः मेरो शहरको कथा’ र भूपिनको कवितासंग्रह ‘सुप्लाको हवाईजहाज’लाई पछि पार्दै निहारिकाको ‘चीरहरण’ले पद्यश्री पाएको हो । पद्यश्री र पद्यश्री साधना सम्मान दुवै पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद रहेको छ ।

बैरागी काँइला पाँच दशकदेखि नेपाली र लिम्बू साहित्य कलम चलाउदै आएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका काँइला विभिन्न साहित्यिक आन्दोलनका समेत अगुवा हुन् ।

निहारिका र काँइलालाई आगामी कोजाग्रत पूर्णिमामा सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले २०६३ यता प्रत्येक वर्ष नेपाली साहित्यका चर्चित पुस्तकमध्ये एकल वा संयुक्त रुपमा पद्यश्री सम्मान प्रदान गर्दै आएको छ । पद्यश्री साधना सम्मान भने नेपाली साहित्य र कला क्षेत्रमा योगदान पुर्याएवापत प्रदान गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.