मदर टेरेसालार्इ क्रिश्चियन सन्तको उपाधि

मदर टेरेसालार्इ क्रिश्चियन सन्तको उपाधि

भ्याटिकन सिटी : भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा आइतबार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ ।

लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो ।

टेरेसाको १९ औं बार्षिकीको पुर्वसन्ध्यामा आयोजित समारोहमा धर्मगुरु फ्रान्सिसले भने — “सम्मानले पुजनीय कोलकत्ताकी त्रिमुर्ती टेरेसाको नाम सन्तहरुको सूचीमा लेखिएको र सम्पुर्ण चर्चहरुमा उहाँलाई आदर गरिने सगौरव घोषणाा गर्दछौं । ”

समारोहका बेला हेलिकोप्टरबाट पुष्पवृष्टी गरिएको थियो भने तिन हजार सुरक्षा अधिकृतहरु परिचालन गरी समारोहस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

टेरेसाले सुरुमा शिक्षिकाको रुपमा र पछि गरिव तथा दीन दुःखीहरुको सेवागरी आफ्नो युवा अवस्था भारतमा बिताएकी थिइन्। उनको पछिल्लो भूमिकाकाले उनलाई विश्व प्रशिद्ध महिला बनाएको थियो । त्याग र सहयोगका कारण उनले १९७९ को नोवेल शान्ति पुरस्कार पाएकी थिइन्। तर धर्म निरपेक्षता पक्षधरले उनको आलोचना पनि गर्दै आएका छन्।

उनको निधनपछि उनको सम्पत्तिका बारेमा लगातार विवाद भईरहेको छ । रासस /एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.