एसियन समिटका लागि प्रधानमन्त्रीलाई थाइ सरकारको निम्तो
काठमाडौंः थाइल्याण्डले एसिएन कोअपरेटिम समिटमा सहभागिताका लागि नेपाल सरकारलाई निम्तो दिएको छ।
आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेको हो।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डलाई भेटेटर थाइल्याण्डका राजदूत भुट्टी भुट्टी सान्टले सम्मेलनमा भाग लिन निमन्त्रणा गरेका हुन्। एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने सम्मेलन आगामी असोज २२ गतेदेखि सुरु हुनेछ।
भेटमा राजदूत भुट्टीसान्टले बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थाई सरकारका तर्फबाट निमन्त्रणापत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री प्रचण्ड र राजदूत भुट्टीसान्टबीच दुई देशबीचको सहयोग आदान प्रदान, द्विपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो।
प्रतिक्रिया दिनुहोस !