रुसी राष्ट्रपतिको कार सडकमा यसरी ठोक्कियो (भिडियो)
![रुसी राष्ट्रपतिको कार सडकमा यसरी ठोक्कियो (भिडियो)](https://annapurnapost.prixacdn.net/media/albums/Vladimir-Putins-official-car-is-involved-in-a-head-on-crash-in-Moscow1-57cfc12ea57454.249.jpg)
एजेन्सीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त हुँदा उनका चालकको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार पुटिनको बीएमडब्ल्यू कार दुर्घटनाग्रस्त भएको हो । पुटिनको कारलाई विपरीत दिशाबाट आएको अर्को कारले ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको उक्त कार पुटिनका अनुभवी चालकले चलाएका थिए । पुटिनको कारसँग ठक्कर खाएका मर्सिडिज कारका चालक भने गम्भीर घाइते छन् ।
रुसी अधिकारीहरुले दुर्घटनामा मृत्यु भएका चालकको परिचय भने अझै खुलाएका छैनन् । मृतक चालक चार दशकअघिदेखि रुसको सरकारी सेवामा कार्यरत रहेको र पछिल्लो समय राष्ट्रपति पुटिनका विश्वासिला चालक थिए ।
अन्तराष्ट्रिय सञ्चार माध्ययमले कार दुर्घटना हुँदा पुटिन भने कारमा नरहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)