अफ्रिकी फिल्मकर्मी काठमाडौंमा

अफ्रिकी फिल्मकर्मी काठमाडौंमा

काठमाडौः करिब एक दर्जन अफ्रिकी फिल्मकर्मी तथा प्रोफेसरहरू काठमाडौं आइपुगेका छन् । उनीहरू कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन ‘सीजेएमसी’को आयोजनामा हुन गइरहेको ‘नेपाल-अफ्रिका फिल्म फेस्टिवल’मा सहभागी हुन यहाँ आएका हुन् ।

‘पाँचौं नेपाल-अफ्रिका फिल्म फेस्टिवल-२०१६’ राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सुरु हुँदैछ । आयोजक संस्था सीजीएमसीले सोमबार पत्रकार सम्मेलन गरी फेस्टिवलमा सहभागी फिल्मबारे जानकारी गराएको छ । यसपटक नेपाललगायत नौ मुलुकका फिल्म फेस्टिवलमा स्क्रिनिङ गराइँदैछ ।

फेस्टिवलमा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीका प्रोफेसर क्रिस्टिना युगान्डा, हाई कमिसनका प्रथम सचिव ज्य्राँक मुटुंगी, तान्जानियाका फिल्म निर्देशक मार्टिन महान्दुलगायतका फिल्मकर्मी राजधानी आएका छन् ।

कार्यक्रममा बोल्दै तान्जानियाका फिल्म निर्देशक मार्टिनले भने, ‘अधिकांश अफ्रिकी मुलुक गृहयुद्धको चपेटाले गर्दा पछाडि परेका छन् । यसबाट फिल्म क्षेत्र पनि अछूतो छैन ।’ उनले ‘नेपाल-अफ्रिका फिल्म फेस्टिवल’ले संस्कृति तथा देशको भूगोलबारे जान्ने अवसर प्रदान गर्ने बताए । त्यस्तै प्रोफेसर ओस्लोले यस फेस्टिवलले अफ्रिका र नेपालको सांस्कृतिक सम्बन्ध दरिलो बनाउने विश्वास व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘नेपालजस्तो सानो तर सुन्दर मुलुकमा यो फेस्टिवल हुनु भनेको खुसी कुरा हो ।’


महोत्वसकी निर्देशक डा. मञ्जु मिश्रले यसपटक विगतका वर्षझैं फिचर, फिक्सन र डकुमेन्ट्री फिल्म सहभागी रहेको बताइन् । मंगलबारबाट तीन दिनसम्म चल्ने महोत्सवमा नेपालका नीर शाहद्वारा निर्देशित फिल्म ‘मसान’ले सहभागिता जनाउँदैछ ।

उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन हुने फेस्टिवलको पहिलो दिन डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म लुमुम्बा स्क्रिनिङ हुँदैछ भने नेपाली फिल्म मसान स्क्रिनिङसँगै महोत्सव समापन हुनेछ । फेस्टिवल उद्घाटनमा नेपाल र अफ्रिकाका विभिन्न मुलुकका प्रतिष्ठित फिल्म निर्देशकको उपस्थिति रहने डा. मि श्रले बताइन् ।

अफ्रिकी मुलुक गृहयुद्वको चपेटाले गर्दा पछाडि परेका छन् । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन । 

महोत्सवको दोस्रो दिन गिनिया बिसाउको ब्याटल अफ टोबाटो, बुर्किना फासोको तसुना, साउथ अफ्रिकाको फुल्स र डेनमार्कको मिनियाम्बा स्क्रिनिङ हुनेछ भने अन्तिम दिन इजिप्टको डोया एजिजा र अल्जेरियाको रचिडा स्क्रिनिङ हुनेछ ।

फेस्टिवलकी निर्देशक डा. मिश्रका अनुसार ती फिल्मले अफ्रिकाको भूराजनीति, जनजीवन, संस्कृति तथा परम्परा बुझ्न मद्दत गर्नेछन् । आयोजकका अनुसार फेस्टिवलमा सकारात्मक सन्देश दिने फिल्ममात्र प्रदर्शन गरिनेछ, जसले आमदर्शकमा सकारात्मक सोच विकास गराओस् ।

नेपाल र अफ्रिकाबीच सांस्कृतिक आदानप्रदान तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सन् २०११ देखि कलेजले नेपाल-अफ्रिका फिल्म फेस्टिवल आयोजना सुरु गरेको निर्देशक डा. मिश्रले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.