नेपाली निर्देशक चीनमा

नेपाली निर्देशक चीनमा

काठमाडौँ: चीन सरकारको निमन्त्रणामा बेइजिङमा हुन लागेको निर्देशकहरूरुको सेमिनारमा सहभागी हुन निर्देशक निरक पौडेल चीन पुगेका छन् ।

‘मिनिस्ट्री अफ कमर्स रिपब्लिक अफ चाइना’को आर्थिक सहयोगमा ‘स्टेट एडमिनिस्टे«सन अफ प्रेस’को आयोजनामा हुन लागेको सेमिनार फर डिरेक्टरमा नेपालका तर्फबाट निरकको उपस्थिति रहेको छ । उक्त सेमिनारमा चीन, केन्या, श्रीलंका, नेपा लगायत २० देशका निर्देशक सहभागी छन् । सेमिनारमा नेपालको सहभागिता यो नै पहिलोपटक हो ।

सेप्टेम्बर ७ बाट सुरु भएको सेमिनारमा चलचित्रका विभिन्न पक्षबीच सहभागीले छलफल गरिरहेका छन् । सेमिनारमा इन्टरनेसनल मिडिया वर्कसप, प्रोड्युसर अफ डकुमेन्ट्री एन्ड क्रस कल्चर कम्युनिकेसन, मल्टिनेसनल कोअपरेसन, मल्टिमिडिया इन्ट्रिग्रेसन एन्ड कोलाब्रेसन इन फिल्म इन्डस्ट्रीलगायतका शीर्षकमा २० देशका निर्देशकहरूबीच छलफल भइरहेको छ ।

११ सेप्टेम्बरबाट १५ सेप्टेम्बरसम्म पौडेलले चीनमा आयोजना गरिएको इन्टरनेसनल गोल्ड पान्डा अवार्ड २०१६ मा पनि सहभागिता जनाउनेछन् ।

बेइजिङमा रहँदा पौडेलले नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक सल्लाहकार जिङ वीको संयोजनमा चीन सरकारको सञ्चारसम्बन्धी उच्च तहका व्यक्तिहरूसँग समेत भेटवार्ता गर्नेछन् ।

सिनेमा कल्चर एक्सचेन्जका लागि गरिएको यो सेमिनारमार्फत नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने निरकको भनाइ छ। उनले नेपाली चलचित्रलाई अन्य देशमा पुर्याउन सेमिनारमा सहभागी निर्देशकहरूसँग समेत छलफल गर्ने बताएका छन् ।
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.