दक्षिण कोरियामा फुटबल खेलेर चर्चा बटुल्दै नेपाली युवा

दक्षिण कोरियामा फुटबल खेलेर चर्चा बटुल्दै नेपाली युवा

सोलः नेपाली युवा मनिष डाँगी दक्षिण कोरियामा फुटबल खेलेर चर्चा बटुलिरहेका छन् । डाँगीले एकेडेमी स्तरको फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सिन्हंग फुटबल एकेडेमीबाट खेल्दै आएका मनिषले ७० भन्दा बढी खेलमा ४५ गोल गरेका छन् ।

सिन्हंग फुटबल एकेडेमीको  घरेलु मैदान दोंग्दचौंनमा डाँगीले  अभ्यास खेल  खेल्दै आएका  छन् । विद्यालय स्तरको प्रतियोगिताबाट उत्कृष्टलाई कोरियाको राष्ट्रिय लिगमा खेल्नका लागि छनौट  गरिने प्रावधान छ ।

कोरियाको सबैभन्दा ठुलो फुटबल लिग प्रतियोगितालाई  ‘के लिग’ भनिन्छ । साताको छ दिन बिहान  एक  र साँझ दुई घण्टा प्रशिक्षण हुने गरेको डाँगीले बताए । प्रशिक्षण कोरियाका पूर्वखेलाडी र फिफामा अनुबन्धित भएका प्रशिक्षकले दिने गरेका छन् ।

प्रत्येक शनिबार विद्यालय स्तरको हुने छुमाल लिगमा पनि डाँगी खेल्दै आएका छन् । विद्यालय स्तरको प्रतियोगितामा छुमाल लिगलाई महत्वका साथ हेर्ने गरिन्छ । उनी दुई बर्षदेखि उक्त एकेडेमीबाट खेल्दै आएका छन् ।

डाँगीले कोरियाका एकेडेमी स्तरको प्रतियोगिता साथै चीन र जापानका एकाडेमी स्तरका खेलहरुको  प्रतिस्पर्धामा पनि सहभागी भएका छन् ।

एकेडेमीले उनलार्य खाने र बस्ने सबै सुविधासहित अनुबन्ध गरेको छ ।  अभ्यासका क्रममा खेलाडीलाई भौतिक सुविधाहरु  फिटनेस सेन्टर, स्विमिंग पुल तथा रिकोभरी सेन्टरको व्यवस्था भएको उनले बताए । जाडो र गर्मी बिदाको समयमा एक महिनाको लागि एकेडेमीले फुटबल अभ्यासका  अन्यत्रका  शहरमा खेलाउने  गरिएको छ ।

कोरियन फुटबलमा आवद्ध एकेडेमीमध्ये  सिन्हंग फुटबल एकेडेमीलाई माथिल्लो स्तरको एकेडेमीका रुपमा पनि लिने गरिन्छ । राष्ट्रिय टिमका फुटबल खेलाडी किम दु हयून सिन्हंग फुटबल एकेडेमीका उत्पादन हुन । १५ बर्षीय डाँगीले  नेपाल रहेको समय जेम्स स्कुलमा अध्ययन र खेलअघि बढाएका थिए । माध्यमिक तहमा  अध्ययन गर्दै गरेका डाँगीका बुबा कोरियामा  रेस्टुरेन्ट व्यवसाय गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.