मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

 मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौंः सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अबसरमा मंगलबार सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अवसरमा पर्सि भदौ २८ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

बकर इदका दिन नजिकका मस्जिदहरुमा जम्मा भई मुस्लिम समुदायहरुले विशेष नमाज पढ्ने गर्दछन्। मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउँछन्।

मुस्लिमहरुले घरमा खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने गर्दछन्। press-release


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.