सालमली नेपाल आउँदै

 सालमली नेपाल आउँदै

काठमाडौःबलिउडकी चर्चित गायिका सालमली खोलगडेले नेपालमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । गुड ह्युमन अर्गनाइजेसन्सले कात्तिक २७ गते आयोजना गर्ने ‘बलिउड लाइभ कन्सर्ट’ मा सालमलीको प्रस्तुति रहनेछ ।

जावलाखेल खेलमैदानमा हुने कार्यक्रममा नेपाली संगीतकर्मी रविन एन्ड द न्यु रभोलुसन्स, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती र सोमिया बराइलीले पनि सांगीतिक प्रस्तुति दिनेछन् । आयोजकले राजधानीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे आइतबार जानकारी दिएको हो ।

कार्यक्रमबाट संकलन भएको रकमको १५ प्रतिशत भूकम्पपीडितको लागि सहयोग गरिने बताइएको छ । सालमलीले मुझे लत लग गई, बलम पिचकारी, जनता रक्स, हे मिस्टर डीजेजस्ता हिट गीत गाएकी छन् । नोभेम्बर ११ मा नेपाल आइपुग्ने सालमली तीन दिन नेपालमा रहनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.