चित्रका निर्दोष आत्माहरू

चित्रका निर्दोष आत्माहरू

काठमाडौः ठूलो रूख, हाँगाहाँगामा झुन्डिएका मान्छे आकृतिका रगतका डल्ला । उनीहरूसँगै कति निर्दोष आत्माहरू झुन्डिए होलान् । बढ्दै गएको गर्भपतनको मार्मिक दृश्य प्रस्तुत भएको यस चित्रमा कलाकार लक्ष्मण लामाले आफ्ना भावना पोखेका छन् ।

कति आमाले बाध्य भएर आफ्नै जिन्दगी जोखिममा पारेर पेटभित्रै सन्तान मारेका छन् । कतिका लागि यो रहर पनि हुन सक्छ । जे भए पनि कुनै हुर्कंदै गरेको जीवनलाई संसार देख्नबाटै च्युत गराउने गलत कामप्रतिको प्रहार हो, यो चित्र ।

बालदिवसको अवसरमा बुधबारदेखि बौद्धस्थित तारागाउँ म्युजियममा चलिरहेको चित्रकला प्रदर्शनी ‘सँगसँगै’मा लक्ष्मण, अनिशा महर्जन र सुनिल प्रधानसँगै १२ जना बालकलाकारका चित्र राखिएका छन् ।

गोलाकारभित्र आधा भागमा भ्रूण, आधा भागमा महिलाहरू छन् । भ्रूणहरू भएको भागमा राम्रा कुराको संकेत गर्दै सेतो थोप्ला, महिला भएको भागमा खराब विषयको संकेत गर्ने कालो थोप्ला ! चित्रमा एउटा जीवन गए पनि अर्को जीवन बाँचिरहेको देखाउन खोजिएको छ ।

एउटा फोहोर खुट्टाबाट सुन्दर कमल फुलिरहेको चित्रमा अनिशाले दर्शन प्रस्तुत गरेकी छन् । सुन्दर कमल जसरी फोहोरमा फूल्छ, त्यसैगरी फोहोरी देखिएका सडक बालबालिकाभित्र सुन्दर प्रतिभा हुन सक्छ । उनको चित्रमा जति मार्मिकता छ, त्यति नै सफा र सुन्दर कुची चलेको देखिन्छ । दुःखी अनुहार लिएर टाउकोमा इँटा बोकेको बालकको चित्रले मजदुर बालबालिकाको पीडा देखाएको छ ।

सुनीलका चित्र पनि उत्तिकै शक्तिशाली छन् । बालबालिका नै सम्पत्ति हुन् भनेर उनले चित्रमार्फत देखाउन खोजेका छन् । लेट्स आर्ट समूहले आयोजना गरेको प्रदर्शनी शनिबारसम्म चल्नेछ ।

बालबालिकाले पेन्सिल कलर, कोलाज, वाटर कलरलगायतका माध्यमका चित्र बनाएका छन् । बालबालिकाको २४ वटा र अरू कलाकारको १० वटा गरी कुल ३४ वटा चित्रहरू प्रदर्शनीमा राखिएको छ । बालबालिकाको पहिलो प्रदर्शनी भएकाले उनीहरूको चित्र बिक्रीका लागि राखिएको छैन । अरू चित्रहरूको मूल्य ३५ हजारदेखि ८८ हजार रुपैयाँसम्म तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.