अपडेट: कोशी नदीमा डुंगा पल्टियो, ३६ जनाको उद्धार

अपडेट: कोशी नदीमा डुंगा पल्टियो,  ३६ जनाको उद्धार

सुनसरीः सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ। श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो। 

डुंगामा सवार यात्रुको संख्या खुल्न नसकेपनि ३६ जनाको सकुशल उद्धार गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पौडेलले डुंगामा कति मानिस सवार थिए भन्ने यकिन तथ्यांक नभएपनि अहिलेसम्म ३६ जनाको सकुशल उद्धार गरेको बताए ।

उनले भने–‘३६ जनाको उद्धार भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने केही घर फर्किसकेका छन् ।’

अहिले पनि उद्धार जारी राखेको प्रहरीले सप्तकोशीमा बाढी आएकाले उद्धारमा समस्या भएको जनाएको छ ।प्रकाशपुरमा साप्ताहिक रुपमा लाग्ने हाट भर्नका लागि धेरै सर्वसाधारण एउटै डुंगामा सवार थिए ।

स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.