भारतसँग गरिएका २५ बुँदे सहमतिप्रति विप्लव माओवादीको आपत्ति
काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतसँग गरिएको २५ बुँदे सहमतिप्रति आपत्ति जनाएको छ।
महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डले गरेको २५ बुँदे सहमतिप्रति आफ्नो पार्टीको गम्भिर असहमति र विरोध रहेको उल्लेख गरेका छन्।
विप्लवले भारतसँग भएका सहमतिको निन्दा गर्दै नेपाली जनतालाई विरोध र प्रतिवादमा उत्रिन समेत आग्रह गरेका छन्। चार दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शुक्रवार दुई देशबीच २५ बुँदे सहमति भएको थियो।
‘प्रचण्ड र मोदीले बुँदा नम्बर १९ मा गरेको नेपाली जलश्रोतसंग सम्वन्धित महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तीन सम्झौताको कार्यन्वयन गर्ने सहमति विगतदेखि नेपाली जनताले विरोध गर्दै आएका राष्ट्रघाति सम्झौता हुन्। सम्झौता खारेज गर्नु साटो म्याद समेत नाघि सकेका परियोजनाहरुलाई स्वीकृत गर्दै कार्यन्वयन गर्ने सहमति गर्नुले नेपालको स्वाधिनता माथि पुनः घात हुन पुगेको छ,’विज्ञप्तिमा भनिएको छ।
यस्तै नेकपा माओवादीले हुलाकी वाटोलाई भारतको स्वार्थ अनुरुप छोडिदिनु योजनाप्रतिको चरम लापर्वाही र भारतको चाकरी भन्दा अरु केही नभएको बताएको छ।
प्रतिक्रिया दिनुहोस !