'संविधान संशोधन नभएसम्म कुनैपनि चुनाव हुन दिन्नौं'

'संविधान संशोधन नभएसम्म कुनैपनि चुनाव हुन दिन्नौं'

काठमाडौंः सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म मोर्चाले विरोध गरिरहने बताएका छन्।उनले सरकार र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको समेत दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित साक्षात्कारमा उनले भने,‘तीन बुँदामध्ये दुईवटा बुँदा करिव करिव लागू भएको छ, अब संविधान संशोधन प्रक्रिया पनि चाँडै अघि बढ्छ।’ उनले संविधान संशोधन प्रस्ताव पनि एक हप्ताभित्रै संसदमा दर्ता हुने विश्वास व्यक्त गरे। कर्णले संशोधनमार्फत आफूहरुले अघि सारेका मागहरु पूरा नभएसम्म कुनैपनि चुनाव गर्न नदिने चेतावनी दिए।

फरक प्रसँगमा उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई एमालेका अध्यक्ष ओलीले गलत ढंगले टिप्पणी गरेको आरोप लगाए। कर्णले थपे,‘आफू जाँदा राम्रो हुने तर अरु प्रधानमन्त्री भारत जाँदा किन रुनु नि?’ ‘यो डबल स्ट्याण्ड चरित्र हो, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.