‘असन्तुष्टलाई समेट्न संविधान संशोधन आवश्यक’

‘असन्तुष्टलाई समेट्न संविधान संशोधन आवश्यक’

काठमाडौंः नेपाली काँग्रेसका नेता एनपी साउदले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन संविधान कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याएका छन्। साउदले भने,‘संविधान संशोधनको लागि सबै पक्षबीच सघन छलफल तथा वार्ता भइरहेका छन्,छिट्टै राष्ट्रिय सहमति बन्छ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा नेपाललाई नजरअन्दाज गरेर संविधान संशोधन प्रक्रिया अघि नबढाइने समेत स्पष्ट पारे। उनले भने,‘एमाले र रापप्रा नेपाललाई नजरअन्दाज गरेर संशोधन सम्भव छैन, हामी सबैपक्षसँग छलफल र वार्ता गरिरहेका छौं, छिट्टै एउटा निश्कर्षमा पुग्छौं।’

नेता साउदले एमालेले संविधान संशोधन गर्ने कुरामा असहयोग गर्न नुहने बताए। उनले संविधान कार्यान्वयनको लागि मधेसी मोर्चा पनि उदार बन्नुपर्ने बताए। संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन पनि दलहरु मिल्नुको विकल्प नभएको उनको भनाइ थियो। साउदले भने,‘हामी आन्तरिक रुपमा मिल्न सकेनौं भने अरुले खेल्ने कुरा आउँछ, एकै ठाउँमा उभिनुपर्छ, यो नै आजको आवश्यकत्ता हो ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले आन्दोलनरत असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधनमार्फत सबैलाई स्वीकार्य बनाउनुपर्ने बताए।  

साहले प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधन लगायतका विषयमा सहयोगी भएर प्रस्तुत हुनुपर्ने बताए। उनले संविधान संशोधन हुनै नसक्ने विषय जस्तो गरेर एमाले प्रस्तुत भएको समेत आरोप लगाए।

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर नकारात्मक टिप्पणी गरिएको भन्दै प्रधानमन्त्रीको यो भ्रमण सद्भावको भ्रमण भएको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.