प्रचण्ड भारतबाट कालो टीका लाएर फर्के: ओली

प्रचण्ड भारतबाट कालो टीका लाएर फर्के: ओली

पोखराः एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण्बाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालो टीका लगाएर आएको आरोप लगाएका छन् ।

पार्टीको प्रदेश नं ४ स्तरीय पहिलो बैठकको उद्घाटनपछि पोखरामा ओलीले भने, ‘दाहाल कलंकको कालो टीका लगाएर भारत भ्रमणबाट फर्किएका छन्, भारतमा भएका सहमति हामीलाई स्वीकार्य हुन सकदैनन् ।’

‘दाहालले गरेका सम्झौताको भारी बोक्न नेपाल तयार छैन’, ओलीले भने, ‘त्यो नेपालले मान्दैन ।’ माओवादीले हतियार बोकेर युद्ध गरेको तर्फ लक्षित गर्दै ओलीले भने, ‘उहाँले हत्या हिंसा पनि बोक्नुभयो, आतंक बोक्नुभयो, विदेशी हतियार पनि बोक्नुभयो, विदेशमा गएर के के बोकेर आउनुभएको छ तर हामीलाई त्यो स्वीकार्य छैन ।’

एमालेले अस्वीकार गरेको कुरा पूरै नेपालले अस्वीकार गर्ने बताएर प्रचण्ड फर्किएको आरोप ओलीको छ । उनले प्रचण्ड दिल्लीमा निहुरिदा निहुँरिदै उनको घुँडाबाट रगत आएको भन्दै व्याङ्ग्य गरे ।

प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच उपक्षेत्रीय सहकार्यका लागि सहमति जनाउँदै दुवै सरकारले यसको अनुसन्धान गर्ने र विशेषगरी व्यापार, पारवहन, कनेक्टिभिटी र ऊर्जाका सम्बन्ध लगायत २५ बुँदे सहमति गरेको प्रति ओलीले आपत्ति जनाए ।

राणा प्रधानमन्त्री मोहनशमशेरले पनि गर्न नसकेको काम गरेर दाहाल फर्केको आरोप ओलीले लगाए । ‘नेपाल सरकार र भारतीय दूतावास मिलेर काम गर्ने भनेर नेपाल सरकारलाई दूतावाससँग दाजियो’, उनले भने, ‘मलाई धेरै थाहा छैन तर उहाँ निधारभरि कलंकको कालो टीका लगाएर प्रधानमन्त्री दाहाल फर्कनुभएको छ ।’

ओलीले संविधान कार्यान्वयन हुन नदिएर नेपालमा फेरि संवैधानिक र राजनीतिक संकट ल्याउन भारतले आफ्नो सरकार हटाएको समेत आरोप लगाए । ‘सत्ता बाहिर भए पनि संविधान कार्यान्वयन जसरी गराउनुपर्छ भनेर एमालेले दबाब दिन्छ’, उनले भने, ‘संवैधानिक संकट ल्याएर फेरि खिलराज रेग्मी जस्तै नयाँ काण्ड दोहो¥याइन सक्छ ।’

संविधान कार्यान्वयनका लागि उनले निर्धारित मितिभित्र ३ चुनाव गराउनुपर्ने बताए । ‘सबै चुनाव एमालेले जित्छ भनेर पनि चुनाव गराउन खोजिएको छैन’, उनले भने ।

जनभावना पार्टी एमालेमा
सूर्यबहादुर खड्का नेतृत्वको राष्ट्रिय जनभावना पार्टी एमालेमा समाहित भएको छ । गएको संविधान सभा निर्वाचनमा २ हजार ४ सय मत ल्याएको पार्टी अध्यक्ष खड्कासहित सबै पदाधिकारी र सदस्य एमालेमा समाहित भएका हुन् ।

संघीय समाजवादी फोरमका पोलिटब्युरो सदस्य सुरेन्द्र थापामगर पनि एमाले प्रवेश गरेका छन् । खड्का, थापा लगायत विभिन्न पार्टी त्याग गरी एमाले प्रवेश गरेकाहरुलाई पार्टी अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.