क्रिष्टियानो रोनाल्डो फ्लुबाट पीडित
काठमाडौंः रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई फ्लु भएको छ। युरोकप फुटबलको फाइनलमा घुँडामा चोट लागेपछि लामो समय मैदान बाहिर रहेका रोनाल्डोलाई फेरि फ्लुले सताएको हो।
फ्लु भएपछि रोनाल्डोलाई अहिले आराम गरिरहेका छन्। च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा आफ्नो बाल्यकालको क्लब स्पोर्टिङ लिस्वनविरुद्ध खेलेपछि रोनाल्डोलाई फ्लु भएको हो।
फ्लुबाट पीडित भएपछि रोनाल्डोलाई रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार भएको स्पानियोलविरुद्धको खेलमा टोलीमा समावेश गरेनन्।
रोनाल्डोले आफू फ्लुबाट पीडित भएको फेसबुकमार्फत सार्वजनिक पनि गरेका छन्। रोनाल्डोले फ्लुबाट आफू क्रमश ठिक हुँदै आएको उल्लेख गरेका छन्।
रोनाल्डोबिना मैदान उत्रिएको रियल मड्रिडले आइतबार राति भएको खेलमा स्पानियोललाई २–० गोल अन्तरले पराजित गरेको थियो। प्रशिक्षक जिदानले बुधवार भिल्लारियल विरुद्धको खेलमा रोनाल्डो पूर्णरुपमा ठिक भएपछिमात्रै खेल्न सक्ने बताए।
उनले भनेका छन्,‘रोनाल्डो फ्लुबाट पीडित छन्। तर, भिल्लारियलविरुद्ध खेलमा खेल्न उनी पूर्ण रुपमा फिट हुनेछन् भन्ने मलाई विश्वास छ।’
प्रतिक्रिया दिनुहोस !