कुकुरले टोकेका दुई जनाको मृत्यु

 कुकुरले टोकेका दुई जनाको मृत्यु

रोल्पाः कुकुरले टोकेका रोल्पाका दुई जनाको मृत्यु भएको छ । सिर्प ५ सिमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीय हिराबहादुर पुनमगरको मृत्यु भएको हो ।

भदौ ९ गते सोही गाउँका श्यामे पुनमगरको घरपालुवा कुकुरले गाउँलेलाई टोकेको थियो । स्थानीय नेमबहादुर खड्का अनुसार एकै दिन गाउँका ६ महिलासहित ११ पुरुष र ६ वटा चौपायलाई टोकेको थियो ।

वहुला कुकुरले टोकेपछि घाइते केहीले सुलिचौर रुइनिबाङस्थित नेशनल मेडिकलमा रेविजवरुद्धको भ्याक्सिन लगाएको घाइते बताउछन् । घाइते केहीले सोही मेडिकलबाट भ्याक्सिन मगाएर गाउँकै क्लिनिकमा लगाएका छन् ।

गाउँलेलाई टोक्ने कुकुरलाई गाउँलेले उसैबेला मारेका थिए । घटनाबारे प्रहरीलाई जानकारी नगराएका गाउँलेको कुकुर धनीले नै घाइतेले लगाउने भ्याक्सिन र उपचार खर्च व्यहोर्ने निर्णय गरेका थिए ।

भ्याक्सिन लगाए पनि घाइते मर्न थालेपछि गाउँले पुरै त्राहीमाम बनेका छन् । करे पुनमगरको मंगलबार घरमै मृत्यु भएको हो । उनको छातीमा टोकेको थियो ।

घाँटीमा टोकेर घाइते हिराको असोज २ गते वुटवल उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । नेशनल मेडिकलबाट नै थप उपचारको लागि उनलाई बुटवल रेफर गरेको थियो । रेविजविरुद्धको पाँच सुई लगाई सकेका उनले १ सुई मात्र लगाउन बाँकी रहेको गाउँलेले बताए ।

स्तनमा टोकेर घाइते सोबी घर्ती विरामी अवस्थामा छिन् । स्थानीय समाजसेवी समेत रहेका खड्काका अनुसार घाइतेले मुखबाट ¥याल छाड्ने, शरीर काम्ने र हुक्कहुक्क आवाज निकाल्ने गरेपछि मृत्यु हुने गरेको छ ।

आफुसँगै घाइते भएकाको उपचारको क्रममा मृत्यु भएपछि घाइते त्रासमा छन् । गाउँलेका अनुसार दुई गाई र दुई बाख्रा मरेका छन् ।

कुकुरले टोकेकाको मृत्यु हुनथालेपछि गाउँलेले ४५ कुकुर मारेका छन् । सर्वपक्षीय भेला गरी सबैले घरमा पालिएका कुकुर मार्ने निर्णय समेत गरेका छन्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.