पिडारीगुठीबासीले सीडीओसँग भने-सक्दिनँ भन्नुस्, भूमि आफैं जोगाउँछौं

पिडारीगुठीबासीले सीडीओसँग भने-सक्दिनँ भन्नुस्, भूमि आफैं जोगाउँछौं

वीरगन्जः 'सीडीओ साब हजुरले केहि गर्न सक्दिन भन्नुस् हाम्रो नेपाली भूमीको आफै रक्षा गर्छौ । पुलिस प्रशासनले सक्दिनँ भनेर हात उठाओस्, हामी हाम्रो भूमिआफू मरेर भए पनि जोगाउँछौं,' पर्सा पिडारीगुठीको पिपरडारीकी जितनी देवीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई यसो भन्दै थिइन् ।

भारतीयहरुले पटक पटक नेपाली भूमीमै छिरेर कुटपिट गर्न थालेपछि असह्य भएर शुक्रबार जिल्ल प्रशासन कार्यालयमा पिडारीगुठीबाट जितनी देवीसंगै आएका करिब ४० जना पीडितहरु मध्येकै झमपतिया देवी थरुनीले पनि आक्रोश पोख्दै भनिन्, 'भारतीयले हाम्रो भूमी मिचेका छन्, खोलामा नहुाउन, शौच गर्न जाँदा पनि हाम्रा चेलीबेटीहरुलाइ भारतीयहरुले छेडखानी गर्छन, उनिहरुका कारण हाम्रो चेलीबेटीको इज्जत प्रतिष्ठा जोगाउनै गार्‌हो भइसक्यो ।'

सीमावर्ती भारतको भंगाहा गाँउबाट पर्साको पिडारीगुठीमा रहेको ओरीया खोलामा बालुवा तस्करी गर्न आउने भारतीय तस्करहरुले पटक पटक कुटपिट गर्न थालेपछि पिडारीगुठीवासी न्यायको गुहार माग्न शुक्रबार जिल्ल प्रशासन कार्यालयमा आएका थिए ।

भारतीयहरुले नेपाल भारत सीमा रहेको सीमा स्तम्भ भन्दा एक किलो मिटर भित्र नेपाली भूमीमा रहेको ओरीया खोलाबाट बालुवा उत्खनन् गर्दा नेपालीहरुले रोक्ने गरेका छन् । बालुवा उत्खनन् रोक्न जादा भारतीय गाँउ भंगाहाका तस्कर र स्थानीयले नेपाली नागरिक र सुरक्षाकर्मी माथि आक्रमण गर्दै आएका छन् ।

गत बुधबार पनि बालुवाको उत्खनन् रोक्न जादा भारतीयहरुले सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी , पिडारीगुठीका प्रभु चौधरी र शम्भु रामलाइ कुटेर घाईते बनाएका थिए । भारतीयहरुको कुटाइबाट सशस्त्र प्रहरी हवल्दार माझी रक्ताम्य भएका थिए भने रामको देब्रे खुट्टानै भाँचिएको छ । उनको वीरगन्जमा उपचार भइरहेको छ ।सशस्त्र प्रहरीले चार राउण्ड अश्रु ग्याँस प्रहार गरेपछि मात्र भारतीयहरु खोलाबाट भागेका थिए ।

खोलाको बाढीले कटानको गरेको लालपुर्जा भएकै जग्गामा भारतीयहरुले उत्खनन् गरेर बालुवा तस्करी गर्दै आएको पिडारीगुठी ३ की हुमो देवीले बताइन् ।

नम्बरी जग्गामै खनेर बालुवा लैजान्छन्, जसले गर्दा अरु पनि जग्गा बाढिले कटान गरिरहेको छ , उनले भनिन्, हाम्रो नेपाली जमिनबाट बालुवा नलैजाउ भन्दा उल्टै कुटपिट गर्छन्, यताको पुलिस रोक्न गयो भने पुलिसलाइ नै कुट्छन् ।

भारतीयहरुले नेपाली भूमीबाट विगत २८ वर्षदेखि बालुवा तस्करी गर्दै आएको पिडारीगुठी एकका ढोडा महत्तो थारुले बताए । भंगाहका भारतीयहरुले बालुवा उत्खनन् गर्ने क्रममा नेपाल तर्फको केहि भूमी पनि मिचेर आफनो भएको दाबी गर्दै आएको थारुले बताए ।

'यो आजको समस्या होइन, २८ वर्ष देखि भारतीयहरुले हाम्रो नेपालको खोलाबाट बालुवा तस्करी गर्दै आएका छन्', पिडारीगुठीका सुकुल देव महत्तोले भने,–'पुलिस प्रशासनले कि त बालुवा उत्खनन् बन्द गरिदिओस कि हामीलाइ रोकटोक नगरोस, हामी आफै सल्टाइदिन्छौ , कि मार्छौ कि मर्छौ, तर अब नेपाली भूमीमा भारतीयलाइ छिर्न दिन्नौ ।'

पिडारीगुठीवासीको समस्या सुनेपछि जवाफमा पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले पिडारीगुठीमा देखिएको समस्याको दीर्घकालीन सामधानका लागि स्थानीय प्रशासन गम्भिरताका साथ लागिपरेको बताए ।

'पहिले त्यहा पिलर गायब हुदा सीमाको समस्या थियो तर अब नयाँ पिलर गाडिएपछि सीमा निर्धारण भइसकेको छ', उनले भने, 'नेपालको भुमीमा पर्ने खोलाबाट भारतीय पक्षबाट भइरहेको तस्करी रोक्नका लागि हामीले ठोस रणनीति बनाइरहेका छौ,' उनले थपे । भारतीयहरुबाट भइरहेको आक्रमणका बारेमा भारतीय काउन्टरपार्टसंग कुराकानी भइरहेको पनि उनले बताए ।

पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले भारतीयहरुको आक्रमणबाट घाइते भएका रामको उपचार खर्च भारतीय पक्षबाटै नै तिराउने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.