बाढीले ठाउँ ठाउँमा कटान, प्रहरी चौकी जोखिममा

बाढीले ठाउँ ठाउँमा कटान, प्रहरी चौकी जोखिममा

विराटनगरः मोरङको लोहन्द्रा र सुकुना खोलामा आएको बाढीले ठाउँठाउँमा कटान सुरु गरेको छ ।

यी दुबै खोलामा आएको बाढी यो वर्षकै ठूलो भएको प्रहरीले जनाएको छ । भीषण वर्षासंगै मंगलबाररातिबाट लोहन्द्रा र सुकुना खोलामा आउन सुरु भएको बाढीले कटान सुरु गरेपछि दर्जनौ घर जोखिममा परेका छन् । बाढीले बेलबारी र कोसीहरैंचा नगरपालिकाका विभिन्न स्थानमा कटान सुरु गरेसंगै त्रास उत्पन्न भएको प्रहरीले जनाएको छ । खेती योग्य जमिन कटान गरेको छ भने घडेरीका लागि भनेर प्लटिङ गरिएका जमिन समेत डुबानमा परेका छन् ।

पहाडी क्षेत्रमै निरन्तर रुपमा उच्च वर्षा भएसंगै खोलामा पानीको बहाव उच्च भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार बाढीले ठूलाठूला रुखहरु बगाएर ल्याएका छन् । सुकुना खोलामा आएको बाढीले कटान सुरु गरेपछि प्रहरी चौकी विराटचौकको भवन जोखिममा परेको छ । प्रहरी चौकी नजिकैबाट बग्ने खोलो अस्थायी बाँध कटान गर्दै चौकीतर्फ बढेपछि भवन जोखिममा परेको प्रहरी निरीक्षक थापाले बताए ।

थप क्षति हुन नदिनका लागि प्राविधिक सहितको टोली कटान क्षेत्रमा परिचालित छ । ठाउँठाउँमा बाढीले जोखिम बढाएसंगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए । थापाका अनुसार बाढीले क्षति पुर्‌याउन सक्ने स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्नका लागि प्रहरीले सहयोग गरिरहेको छ । थप क्षति हुन नदिनका लागि सबै ठाउँमा प्रहरी परिचालन गरेर उच्च सतर्कता अपनाइएको क्षतिको विवरण संकलन पनि थालिएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.