मिथिलामा जितिया मनाइँदै

मिथिलामा जितिया मनाइँदै

जनकपुरधामः छोराछोरीको दीर्घायुको कामना गर्दै आमाहरूले गर्ने कठिन व्रत जितिया विधिवत् रूपमा सुरु भएको छ । पितृपक्षको सप्तमी तिथिमा व्रत बस्ने महिलाले पवित्र जलाशयहरूमा नुहाएर (नहायखाय) घिरौलाको पातमा तोरीको पिना र तेल जिमुतवाहन भगवान्लाई चढाएर व्रत आरम्भ गरेका छन् । व्रतभन्दा एक दिन अगाडि व्रतालुहरूले माछा, कोदोको रोटी, नौनीको सागसहितका परिकार खाने गर्छन् ।

पर्वको रमाइलो पक्ष औगठन हो । व्रतको एक दिनअगाडि सूर्योदयभन्दा पहिला व्रतालु महिलाले चुरादही, मिठाईलगायतका परिकार खानुलाई औगठन भनिन्छ । औगठनको सन्दर्भमा एउटा उखान मिथिलामा प्रसिद्ध छ ‘जितिया पावैन बड भारी, धियापुताके ठोकी सुतेलौ अपने खेलौ भरि थारी’ ।

शुक्रबारदेखि आमाहरूले यो व्रत सुरु गरी नवमी तिथिसम्म निराहार बस्ने प्रचलन छ । तिजिया व्रतमा पानीसमेत नखाने र व्रत अवधिभर व्रती महिलाले कुनै सामान नतोड्ने, सियो नचलाउने, कुचो नछुने, जुठो नछुनेजस्ता कडा नियमहरू छन् ।

ब्राह्मणका अनुसार सत्ययुगमा एक दम्पतीले आफ्ना एकमात्र छोरालाई गाउँमा रहेको दुष्ट गरुडले आहारा नबनाओस् भनेर भगवान्सँग प्रार्थना गरेर जितवाहन भगवान्को पूजाअर्चना गरेका थिए ।

ती दम्पतीको पूजापाठले खुसी भएका भगवान्ले बालबालिकालाई खाने गरुडलाई आफ्नो शरणमा लिएर उनीहरूको छोरासहित गाउँका अन्य बालबालिकालाई पनि मृत्युबाट जोगाएका थिए । त्यही सम्झनामा यो पर्व छोराछोरीको दीर्घायुको लागि मनाउन थालिएको धर्मग्रन्थहरूमा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.