चुट्किलाः मातेको मुसो
जाँडको घ्याम्पोभित्र एउटा मुसो खसेछ ।
मुसो: बचाऊ बचाऊ कोही छ ?
बिरालो: म्याऊ म्याऊ.....
मुसो: बिरालो दाइ मलाई बचाऊ, मलाई यो जाँडको घ्याम्पोबाट निकाल न... म जाँडमा डुबेर मर्न चाहन्न... बरु मलाई बाहिर निकालेर खाऊ, यो मेरो वाचा भयो तिमीसँग (प्लिज हेल्प) ।
बिरालोले बडो मुस्किलले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेछ । निस्किने बित्तिकै मुसा खुरुरु दुलोभित्र छिरेछ ।
मुसो: (दुलो भित्रबाट) ओ बिरालो दाइ । अघि जाँड खाएको बेलामा के के भनियो के के, अब तिमी आफ्नो बाटो लागे हुन्छ । माइन्ड नगर ल ।
कृतिका अधिकारी कक्षाः ७ (बी)