निर्वाचनका लागि नयाँ दलको मात्र दर्ता गर्न लिन अायोगलार्इ सुझाव

निर्वाचनका लागि नयाँ दलको मात्र दर्ता गर्न लिन अायोगलार्इ सुझाव

काठमाडौं: व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका ३१ दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलको मात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।

आयोगले संवैधानिक प्रावधानका बारेमा राजनीतिक दलसँग छलफल गर्न सोमबार डाकेको बैठकमा सहभागी दलले निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ मात्र गराए पुग्ने सुझाव दिए।

नेकपा (एमाले)का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले राजनीतिक दलसम्बन्धी संविधानको व्यवस्थाका बारेमा आयोगले बैठकमा जानकारी गराएको जानकारी दिए। उनले आयोगसमक्ष यसअघिका निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ र निर्वाचनमा भाग लिन चाहनेलाई मात्र दर्ताको प्रावधान राख्न सुझाव दिएको बताए।

नेकपा (माले)का महासचिव सिपी मैनालीले संवैधानिक प्रावधानअनुसार आयोगसँग राजनीतिक दल जोडिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए।

बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत ३१ दलका शीर्षनेताको सहभागिता रहेको थियो। बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलले दिएका सुझावका आधारमा आयोगले काम गर्ने बताएको महासचिव मैनालीले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.