नाटक यात्रामा अमेरिका जाँदैं पोखरेल परिवार 

नाटक यात्रामा अमेरिका जाँदैं पोखरेल परिवार 

काठमाडौंः रंगकर्मी सुनील पोखरेल, निशा शर्मा र निशांश पोखरेल नाटक यात्राका लागि बुधबार अमेरिका जाने भएका छन् । अक्टोबर २ मा टेक्सासबाट सुरु हुने नाटक यात्रा अमेरिकाका विभिन्न सहरमा झन्डै अढाइ महिना चल्नेछ ।

यात्रामा डा. प्रतिभा रायले लेखेको उडिसा भाषाको चर्चित उपन्यासमा आधारित नाटक ‘याज्ञसेनी' र ‘इम्प्रोभाइज' नाटक ‘जीवन यात्रा' मञ्चन हुने सुनील पोखरेलले जानकारी दिए ।

‘याज्ञसेनी'को निर्देशन सुनीलले गर्दैछन् भने निशा शर्माको एकल अभिनय रहनेछ । निशाको यो दोस्रो एकल नाटक हो । उनले यसअघि नाटक ‘साइकोसिस'मा एकल अभिनय गरेकी थिइन् । ‘मलाई एकल नाटक गर्नु निकै गाह्रो काम लाग्छ । तर पहिलेदेखि नै द्रौपदीको चरित्रमाथि काम गर्न मन थियो । केही पहिले चित्रलेखा बनर्जीको कृति द प्यालेस अफ इल्युजनको अंशमा आधारित नाटक गरिसकेपछि आत्मबल बढ्यो । त्यसैले यो नाटकमा एकल अभिनय गरेकी हुँ ।'

उपन्यासलाई सुमन पोखरेलले नाट्य आलेखमा रूपान्तरण गरेका हुन् । ‘नाटकमा द्रौपदीको आँखाबाट महाभारतलाई हेरिएको छ । व्यासको आँखाबाट हेरिएको महाभारतलाई यसले उल्ट्याइदिएको छ', नाटकबारे सुनीलले भने ।

त्यसैगरी ‘जीवन यात्रा' भने प्रयोगात्मक नाटक हो । जसमा सुनीलको एकल अभिनय हुनेछ । सुनील भन्छन्, ‘मञ्चनको तयारीकै बेला नाटक तयार हुनेछ । त्यसमा एउटा मान्छेको मानसिक र शारीरिक यात्रा प्रस्तुत हुनेछ । त्यसका लागि स्मृति, कविता, गीत आदिको प्रयोग पनि गरिनेछ ।'

लिखित आलेख नभएको यस नाटकमार्फत सुनील निशाका छोरा निशांश पहिलोपटक नाटक निर्देशक बन्दैछन् । निशांशले गुरुकुलमा मञ्चित विभिन्न नाटकमा अभिनय गरिसकेका छन् । उनले नाटक-यात्रामा प्रस्तुत हुने दुवै नाटकमा प्रकाश र संगीतसमेत परिचालन गर्नेछ ।

यात्राबाट फर्किएपछि दुवै नाटक शिल्पी थिएटरमा मञ्चन गर्ने योजना रहेको सुनीलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.