इराकले माग्यो अमेरिकासँग थप सैन्य सहयोग
![इराकले माग्यो अमेरिकासँग थप सैन्य सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/iraq-57ece74d3171b4.78537865_dIKq0qHBEu.jpg)
बग्दाद: इराकले अाफ्नो मुलुकमा थप सैनिक पठाउन अमेरिकालार्इ अाग्रह गरेको छ। उसले थप अमेरिकी सैनिक प्रशिक्षक र सल्लाहकार पठाएर सहयोग गर्नका लागि अमेरिकालाई आग्रह गरेको हो।
हाल इस्लामिक स्टेट आतङ्कबादी समूहको कब्जामा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गर्नका लागि सहयोगको आग्रह गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
मोसुललाई मुक्त गराई पूर्णतः सरकारी अधिनमा ल्याउन इराकी सुरक्षा बललाई सामरिक सल्लाह, सुझाव र तालिमका लागि पर्याप्त कुशल र दक्ष सैनिकको आवश्यकता परेको बताइएको छ।
त्यसकारण अमेरिकी सैनिक संख्यामा वृद्धि गर्न अन्तिम पटक सहयोग माग गरिएको प्रधानमन्त्री हैदर अल अबादीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ। रासस/एएफपी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)