ट्रम्प र मोदीबीच भेटवार्ता, लडाकु विमान खरिद गर्नेदेखि चीन-पाकिस्तान सीमा विवादसम्म चर्चा

ट्रम्प र मोदीबीच भेटवार्ता, लडाकु विमान खरिद गर्नेदेखि चीन-पाकिस्तान सीमा विवादसम्म चर्चा
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। वासिङ्टनमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, चीन, पाकिस्तानबीचको सीमा विवाद, आतंकवादलगायतका विषयमा छलफल भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

भेटवार्तापछि संयुक्त वक्तव्य जारी गर्दै अमेरिका-भारतले विश्वमा देखिएको आतंकवादविरुद्ध कडा प्रतिकार गर्ने बताएको छ। आतंकवादले विश्व नै प्रभावित भइरहेको भन्दै कुनै पनि देशले आतंकवादलाई प्रोत्साहन गर्न नहुने वक्तव्यमा भनिएको छ। 

पाकिस्तानलाई पनि आफ्नो जमिनमा आतंकवादका लागि प्रयोगमा आउन नदिन चेतावनी दिइएको छ। दुवै देशले अल-कायदा, आइएसआइएस, जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबाजस्ता संगठनविरुद्ध बलियो भएर उत्रिनुपर्ने आवश्यकता औंल्याएको छ।

त्यस्तै ट्रम्प र मोदीबीच दुई देशबीच व्यापारका विषयमा पनि छलफल भयो। भारतको व्यापार घाटा कम गर्नका लागि अमेरिकाबाट एफ-३५ लडाकु विमानसहित तेल, ग्यास र सैन्य सामग्री खरिद गर्ने विषयमा पनि उनीहरूबीच सहमति भएको बीबीसीले जनाएको छ।

संयुक्त वक्तव्यमा यी विषय नसमेटिए पनि भारतीय विदेश सचिव विक्रम मिसरीले उक्त विषयको खुलासा गरेका हुन्। भारतमाथि लगाइने करका विषयमा पनि ट्रम्पले छलफल गरेका थिए। उनले अन्य मुलुकमा लगाउने अनुपातमै भारतमाथि पनि कर लगाउने जानकारी दिएको एजेन्सीहरूले बताएका छन्।

त्यस्तै मुम्बई आक्रमणका आरोपी भनिएका तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न अमेरिका तयार भएको हो। अमेरिकी जेलमा रहेका उनलाई भारत ल्याउने प्रयास गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.