काठमाडौँमा ‘घाटमान्डु’

काठमाडौँमा ‘घाटमान्डु’

काठमाडौँः घटस्थापनाको दिन काठमाडौंमा भने ‘घाटमान्डु’को चर्चा चल्यो । घाटमान्डु उत्सव भनिएको कार्यक्रममा एउटै लेखकका कविता र छोटा आख्यानात्मक लेखनहरू वाचन भए । प्रसंग थियो, लेखक कुमार नगरकोटीको नयाँ पुस्तक ‘घाटमान्डु’ विमोचनको ।

शिल्पी थिएटरमा शनिबार आयोजित घाटमान्डु उत्सवमा विभिन्न क्षेत्रका पाँच हस्तीले ‘घाटमान्डु’ विमोचन गरे । फिल्म निर्देशक नवीन सुब्बा, संगीतकार आभास, चित्रकार एरिना ताम्राकार, नाटक कलाकार सरिता गिरी र फोटोपत्रकार कुमार आलेले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

विमोचनपूर्व पुस्तकबारे पत्रकार वसन्त बस्नेत र लेखक कुमार नगरकोटीले छलफल तथा पुस्तकभित्रका रचना वाचन गरेका थिए । उनीहरूलाई कवि विप्लव प्रतीक, चन्द्रवीर तुम्बापो र नगरकोटीका लिटरेरी एजेन्ट राजन गोदारले घाटमान्डुबाट एक÷एक कविता वाचन गरेका थिए । कविता वाचन गर्दै प्रतीकले धेरै वर्षपछि अरूले लेखेको कविता पढेर सम्मोहित भएको टिप्पणी गरे ।

लेखक नगरकोटीले आफ्नो नयाँ किताबमा विभिन्न विधाका रचना समेटिएको बताउँदै आफू कलाको पारखी भएको बताए । ‘जनजीवनमा भेटिने विभिन्न दृश्यबाट शैली र कला चोरेको छु’, नगरकोटीले भने ।

घाटमान्डु उनको छैटौं पुस्तक हो । ‘फिक्सन, नन–फिक्सन एन्ड अदर एडिक्सन’ नाम दिइएको यो पुस्तकमा कथा, निबन्ध, संस्मरणसँगै एडिक्सन शीर्षकमा चित्रात्मक कविता तथा ससाना बेग्लै विधाका रचनाहरू समेटिएको पुस्तकको प्रकाशन संस्था बुक हिलका भूपेन्द्र खड्काले बताए ।

‘घाटमान्डुमा नगरकोटीका केही प्रकाशित निबन्ध, अप्रकाशित कथाहरूसँगै हिन्दी र नेपाली कविता एवं केही विज्ञापन र सूचनाहरू पढ्न पाइनेछ’, खड्काले भने । नगरकोटीका यसअघि ‘मोक्षान्त फिभर काठमाडौं’, ‘फोसिल’, ‘अक्षरगन्ज’, ‘कोमा’ र ‘मिस्टिका’ प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.