भारतको झारखण्डमा प्रहरीको गोली लागेर चारको मृत्यु
![भारतको झारखण्डमा प्रहरीको गोली लागेर चारको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/jharkhand-759-57f0f73fbaedd8.80087625_929tSG6v0K.jpg)
नयाँ दिल्ली: पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ।
यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन्।
‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ।
झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ हजारीबाघ जिल्लाको बार्कागाओन क्षेत्रमा सो घटना भएको हो। सो आन्दोलनको काँग्रेस पार्टीका सांसदले नेतृत्व गरेका थिए।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार सो कर्पोरेसनका विरुद्धमा सन् २००४ देखि आन्दोलन हुदैआएको थियो। रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)