म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकियो
![म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकियो](https://annapurnapost.prixacdn.net/media/albums/allen-57f108d90eef75.28164800_IITa4CSH5v.jpg)
काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकिएको छ। घरेलु मैदान वल्र्ड ट्राफोर्डमा आइतबार भएको खेलमा अग्रता जोगाउन नसक्दा स्टोक सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
स्टोक सिटीसँग पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेडका लागि खेलको ६९ औं मिनेटमा मार्टिएलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेल सकिनु ८ मिनेट अघि स्टोक सिटीले बराबरी गोल फर्कायो। खेलमो ८२ औं मिनेटमा स्टोक सिटीका लागि एलेनले गोल गरेपछि म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भयो।
म्यानचेस्टर युनाइटेडको ७ खेलबाट १३ अंक भएको छ भने स्टोक सिटीको समान खेलबाट ३ अंकमात्रै छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)