मध्यपुरमा राष्ट्रपति रनिङ सिल्ड
भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु भएको छ। मध्यपुर थिमि नगरपालिकाको आयोजनामा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। बिहीबार मध्यपुर थिमि नगरपालिका–२ स्थित मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिएको थियो। संघीय सांसद दुर्लभ थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए।
प्रतियोगिताको उद्घाटन गर्दै सांसद थापाले पढाइसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई मानसिक तथा शारीरिक रुपमा तन्दरुस्त बनाउने भएकाले पढाइमा पनि ध्यान दिएर खेललगायत अतिरिक्त क्रियाकलापमा सहभागी हुन आग्रह गरे। कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरभित्र खेलकुदको विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजनाअन्र्तगत प्रतियोगिता आयोजना गरिएको बताए। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलकुद क्षेत्रमा अनुशासन निकै आवश्यक भएकाले खेलमा हारजित भए पनि अनुशासित भएर आफ्नो कला कौशल प्रदर्शन गर्न अनुरोध गरे।
प्रतिक्रिया दिनुहोस !