दसैंमा डा.गोविन्द केसीको आमरण अनसन स्थगित

दसैंमा डा.गोविन्द केसीको आमरण अनसन स्थगित

काठमाडौं: प्रा.डा. गोविन्द केसीले दसैं अवधिभर आमरण अनसन स्थगित गर्ने घोषणा गरेका छन् । चारबुँदे माग राख्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले शुक्रबार राती ९ बजे पत्रकार सम्मेलन गरेर अनसन स्थगित गरेको घोषणा गरेका हुन् ।

दसैं नजिकिएको भन्दै केसीले आमरण अनसनको १२ दिन शुक्रबार अनसन स्थगित गरेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा केसीले भने, ‘दसैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा आम नागरिकहरुको दशैं पर्व खल्लो हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मैले दशैंभरको अवधिका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरेको जानकारी गराउछु ।’

डा. केसीले दसैं सकिएलगत्तै अनसन सुरु गर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहित मेडिकल क्षेत्रको सुधारको माग गर्दै असोज १० गते अनसन सुरु गरेका केसीले राज्यले आफ्ना मागप्रति वेवास्था गरेकोप्रति आपत्ति जनाए।

उनले चिकित्सा शास् अध्ययन संस्थान आइओएमको डिन नियुक्ति र शुल्क निर्धारण समितिको प्रतिवेदन खारेज गरे अनसन रोक्ने संकेत दिएका भए पनि सरकारी टोलीसँग भएका छलफल निष्कर्ष बिहिन भएका छन् ।

केसीले आफ्नो सत्याग्रहप्रति राज्य संवेदनशील नभएको र ६ सय सांसदमा भ्रष्ट र माफिया धेरै भएकाले लोकमानविरुद्ध महाअभियोग लगाउन नसकेको आरोप समेत लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.