११ सय ६५ लिटर अवैध मदिरा नष्ट

११ सय ६५ लिटर अवैध मदिरा नष्ट

भक्तपुरः भक्तपुर प्रहरीले विभिन्न नाकाबाट नियन्त्रणमा लिएको एक हजार एकसय ६५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

स्थानीय महिलाहरुको सहभागितामा महानगरीय प्रहरी परिसर भक्तपुर प्रांगणमा रहेको ढलमा फालेर उक्त परिमाणको घरेलु मदिरा नष्ट गरिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले भक्तपुरका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनबाट उक्त अवैध मदिरा बरामद गरिएको जानकारी दिए ।

सार्वजनिक सवारीसाधन प्रयोग गरी घरेलु मदिरा ओसारपसार भइरहेको उजुरीको आधारमा छड्के जाँच गर्दै प्रहरीले उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद भएको उनको भनाइ थियो ।

तर प्रहरीले मदिरा नियन्त्रणमा लिँदै आए पनि मदिरा बाहकलाई हालसम्म समाउन सकेको छैन ।

‘सार्वजनिक सवारीसाधनमा चेकजाँच गर्दा मदिरा भेटिन्छ’, प्रहरी निरीक्षक विष्टले भने, ‘तर कसैले त्यसको स्वामित्व लिँदैन । त्यतिकै कसैलाई नियन्त्रणमा लिन भएन ।’

उनले मूलमै घरेलु मदिरा नियन्त्रणको लागि प्रहरी परिचालन हुँदै आएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.