चौबीस घन्टा मदिरा बिक्रीमा रोक

चौबीस घन्टा मदिरा बिक्रीमा रोक

कञ्चनपुरः कञ्चनपुरमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा नियन्त्रण समिति कञ्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।

‘चाडपर्वका बेला मदिरा बिक्री वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झैझगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप न्यूनीकरणका लागि रोक लगाउने निर्णय गरेका छौँ’ – मदिरा नियन्त्रण समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले भने ।

मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउनका लागि प्रहरीका सबै एकाइमा पत्राचार गरिएको उनले बताए । रोक लगाइएका बेला मदिरा बिक्री वितरण र सेवन गरेको पाइए हदैसम्मको कारबाही हुने बताइएको छ ।

दुईजना कैदी रिहा

यसैबीच, कञ्चनपुर कारागारबाट आज बिहान दसैँका अवसरमा असल चालचलन भएका दुईजना कैदी रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दसैँको अवसरमा असल चालचलन भएका कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णयअनुरुप कैदी रिहा भएका हुन् ।

चालीस प्रतिशत कैद भुक्तान गरेका ज्यान मुद्दामा सजाय काट्दै आएका दार्चुलाका डम्बरसिंह महरा सोही मुद्दामा सजाय काट्दै आएका शैलेन्द्र महताको बाँकी कैद मिनाहा भई रिहा भएको कारागारका जेलर श्यामराज भट्टले बताए ।

‘असल चालचलन भएका आधा दर्जन कैदीको कैद मिनाहाका लागि केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाएकामा दुईजनाको मात्रै कैद मिनाहा भएको छ’, उनले भने ।

शव फेला

यसैबीच, नदीमा डुबेका कञ्चनपुरको देखतभूली–९ का २८ वर्षीय रामचन्द्र पन्तको शव प्रहरीले फेला पारेको छ ।

इलाका प्रहरी कार्यालयका कृष्णपुरका अनुसार शनिबार गोरु चराएर फर्कंदा वनहरा नदी तर्ने क्रममा पन्त डुबेर बेपत्ता भएका थिए । पन्तको शव डुबेको स्थानभन्दा केही पर नदी किनारामा आज दिउँसो फेला परेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.