सप्तरीको कोइलाडीको दुर्गा मन्दिरमा सयौँ पशुबली
सप्तरीः सप्तरीको कोइलाडी गाउँको दुर्गा मन्दिरमा वडा दसैंको नवमीको अवसरमा सयौँ पशुको बली दिइएको छ । दुई सय वर्ष पुरानो परम्परालाई निरन्तरता दिदै कोइलाडी बासीले दुर्गा मन्दिरमा बली चढाएका हुन् ।
कोइलाडी १ का स्थानीयवासी मुकेशकुमार सिंहका अनुसार दुर्गा मन्दिरमा सोमबार मात्र तीन सय ७२ बोका र १७ वटा राँगाको बली दिइएको छ ।
घटस्थापनादेखि नवमीसम्म विशेष पूजाअर्चना गरेर सयौँको संख्यामा पशु बली दिने परम्परा अनुसार सोमबार बली दिइएको हो । दुर्गा मन्दिरमा बली चढाएमा आफ्नो मनकामना पूरा हुने विश्वास स्थानीयवासीमा रहेको छ ।