बारामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

 बारामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

वीरगन्जः बाराको गढिमाई नगरपालिका वडा नम्बर १६ टागियावस्ती नजिकैको जंगलमा मङगलबार बिहान हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

गाँउ नजिकैको जंगलमा रहेको कुवाबाट पानी लिएर घर तर्फ फर्कने क्रममा स्थानीय कैलाश योञ्जनलाई हात्तीले कुल्चेर मारेको हो ।

१२ कक्षामा अध्यनरत कैलासलाई हात्तीले मङगलबार बिहान सात बजे कुल्चेर मारेको प्रहरीले जनाएको छ । मृतक युवकको लाश पोस्टमार्टमका लागि नारायणी उप क्षेत्रिय अस्पताल वीरगन्जमा पठाइएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ ।

विगत केहि दिन देखि टाँगीयावस्ती क्षेत्रमा जंगली हात्तिको बथान उत्पात मच्चाउदै आएको स्थानीयले बताएका छन् ।

पर्सा वन्य जन्तु आरक्षको जंगलबाट गाँउमा पसेर हात्तीले टागियाँबस्तिमा भौतिक तथा मानबिय क्षति पुरयाउदै आएकोले पिडितहरुले सरकारसंग क्षेतिपुर्तिको माग गरेका छन् ।

जंगली हात्तिको आक्रमणबाट टागियाबस्तिमा ६ जनाले ज्यान गुमाएकोमा अहिले सम्म ३ जना मृतकका परिवारले मात्र सरकारबाट क्षतिपूर्ति पाएको स्थानीय विदुर खडकाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.