मुस्ताङमा पर्यटकको घुँइचो

मुस्ताङमा पर्यटकको घुँइचो

मुस्ताङः मुस्ताङमा आन्तरिक पर्यटकको घुइचो बढेको छ । दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा पुगेपछि आन्तरिक पर्यटकको घुँइचो बढेको हो ।  पर्यटकको आगमनसँगै होटल खचाखच भरिएका छन् ।

दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन् ।

दसैँलगत्तै जिल्लामा आन्तरिक पर्यटकको आवागमन बढेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि यो मौसममा बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।

खासगरी पछिल्लो तीनवर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएका छन् ।

दसैँ सुरु हुनुअगावै मुस्ताङका ५० प्रतिशत होटल अग्रिम बुकिङ भएका थिए । तिहारसम्म पर्यटकको चहलपहल यस्तै हुने व्यवसायीले बताएका छन् ।

‘लेतेदेखि माथि लोमान्थाङसम्म करिब १५० होटल सञ्चालनमा छन्, अहिले सबै भरिभराउ छन्”, पर्यटन व्यवसायी तुलाचनले भने –‘एकदमै राम्रो व्यापार भइरहेको छ ।’

यो मौसममा विद्यार्थी, अभिभावक, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी मुस्ताङ भ्रमणमा आउने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.