आन्तरिक पर्यटकले म्याग्दी र मुस्ताङका होटल भरिभराउ

आन्तरिक पर्यटकले म्याग्दी र मुस्ताङका होटल भरिभराउ

बेनीः दसै बिदा मनाउन आउने आन्तरिक पर्यटकका म्याग्दी र मुस्ताङका होटल भरिभराउ भएका छन् । म्याग्दी सदरमुकाम बेनीबजार देखि बेनी-जोमसोम सडकखण्ड अन्र्तगत पर्ने गलेश्वर, भुरुङतातोपानी, घांसा, लेते, मार्फा, जोमसोम र मुक्तिनाथसम्मका करीब एकसय ५० साना तथा ठुला होटलहरु दशमीको भोलीपल्टै देखि नै भरिभराउ भएका हुन् ।

बिदा मनाउने आउनेमा विद्यार्थी, नीजि संघसंस्थाका कर्मचारीहरु बढी छन् । यो रुटमा मोटरसाईकल र नीजि सवारीसाधनमा यात्रा गर्ने आन्तरिक पर्यटक धेरै देखिएका छन् ।मुक्तिनाथ दर्शन, प्राकृतिक सुन्दरता, धुम्बाताल, कागबेनीधाम र तिब्बती कला संस्कृति, थुप्रै हिमश्रृङखलाको अवलोकनका लागि आन्तरिक पर्यटक म्याग्दी हुदै मुस्ताङ पुग्ने गरेका छन् ।

अनुकुल मौसमका समयमा पोखरा-जोमसोम हवाई उडान हुने भएपनि त्यो भरपर्दो नहुँदा अधिकाँश पर्यटक ७२ किलोमिटर बेनी–जोमसोम सडकखण्ड हुदै मुस्ताङ भ्रमणमा निस्कने गरेका छन् । कम झन्झट र चाहेको ठाउँमा बस्न सकिने भएपछि मुस्ताङमा मोटरसाईकलमा भ्रमण आउनेको सँख्या अत्यधिक रहेको जोमसोमका होटल व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिए ।

‘पछिल्लो केहिबर्ष यता दसै लगत्तै यहाँ आन्तरिक पर्यटकको फ्लो एकदमै धेरै हुनेगरेको छ', उनले भने, ‘यसबर्ष पनि धेरै पर्यटक आएका छन्, होटलका कोठाहरु धमाधम बुक भईरहेका छन् ।' मुक्तिनाथ दर्शन गर्न परिवार नै मुस्ताङ भ्रमणमा निस्कनेको सँख्या पनि उल्लेख्य रहेको छ ।

मुस्ताङका पर्यटन व्यवसायीले पछिल्लो समय आन्तरिक पर्यटकलाई पनि विदेशी पर्यटक सरह नै महत्व दिन थालेका छन् । कम बार्गेनिङ, पर्याप्त मात्रामा व्यापार गर्ने भएपछि व्यवसायीहरु अहिले नेपालीलाई पनि विदेशी जत्तिकै सम्मान दिन थालेका हुन् ।

पाँचबर्ष अघिसम्म जोमसोम क्षेत्रमा नेपाली पर्यटकले बास पाउन मुश्किल हुन्थ्यो भने अहिले जस्तो नेपालीमा घुम्ने संस्कृतिको विकास पनि भएको थिएन । ‘अहिले नेपालीमा घुम्ने, डुल्ने र रमाईलो गर्ने भन्ने भावनाको विकास भएको छ, पहिला हामीले पनि विदेशीलाई पनि पर्यटक भन्थ्यौ', मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका तुलाचनले भने, ‘अहिले विदेशीले बढी बार्गेनिङ गर्छन्, तर नेपालीहरुमा त्यस्तो पाईदैन ।'

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङ भित्रिने आन्तरिक पर्यटकको तथ्यांक संकलन नगरेपनि यो सिजनमा बाह्य पर्यटक भन्दा दोब्बर आउने गरेको जनाएको छ ।पछिल्लो तीनबर्ष यता नेपालीहरुमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने सँस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटकै भरमा सञ्चालन हुँदै आएका छन् ।

मुस्ताङ भ्रमणमा आउने पर्यटकका कारण जिल्ला सदरमुकाम बेनीका तीन दर्जन होटलहरु भरिभराउ बनेको म्याग्दी उद्योग वाणिज्य संघका द्धित्तिय उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
‘यहाँका नाम चलेका होटल देखि स-साना होटलहरुमा साँझ देखि नै कोठा पाउन मुश्किल हुने गरेको छ, आन्तरिक पर्यटकको चहलपहल बढ्नु धेरै राम्रो हो', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.