ललितपुरको बज्रबाराही मन्दिरमा चित्रकला प्रदर्शनी

ललितपुरको बज्रबाराही मन्दिरमा चित्रकला प्रदर्शनी

काठमाडौँ: ललितपुरको बज्रबाराही मन्दिर परिसमा दसैंको अवसरमा चित्रकला प्रदर्शन गरिएको छ ।

बज्रबाराही मन्दिर परिसर भित्रको जंगलमा चित्रकार सुरेम देसार, दीलकुमार देसार र अनिल महर्जनलगायत २१ कलाकारका ३० बढी तस्बिर विजयदशमीमा प्रदर्शन गरिएको हो ।

राजधानीमा प्रत्येक वर्ष ठूलो लगानीमा कला प्रदर्शनी हुने भए पनि राजधानीकै ग्रामीण क्षेत्रमा कलाको प्रचारप्रसचार नभएको गुनासो कलाकार सुरेम देसारको छ ।

राज्यको प्रतिक्षा नगरी आफ्नै पहलमा स्थानीय कलाकारको एक समूहले २०५५ सालदेखि प्रत्येक वर्ष मन्दिर परिसरमा कला प्रदर्शनी गर्दै आएको सुरेमले बताए ।

प्रदर्शनीबारे अन्नपूर्णसँग कुरा गर्दै सुरेम भन्छन्, ‘सहरी क्षेत्रमा प्रत्येक वर्ष ठूलो खर्चमा कला प्रदर्शनी हुन्छन् तर ग्रामीण क्षेत्रका मानिसलाई कला के हो भन्ने बुझाउन राज्य पक्षले कुनै पहल नगरेपछि हामीले प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएका छौँ ।’

सुरेम, दीलकुमार र अनिलले व्यक्तिगत खर्चमा मन्दिर परिसरको जंगलमा तस्बिर प्रदर्शन गर्दै आएका छन् । किन मन्दिर परिसरमा कला प्रदर्शनी गर्नुहुन्छ भन्ने प्रश्नमा सुरेम भन्छन्, ‘सुरुमा हामीलाई ठाउँको अभाव थियो । हामीले प्रत्येक वर्ष त्यही क्षेत्रमा प्रदर्शनी गर्दै आयौँ । अहिले त्यही क्षेत्र ‘ओपन आर्ट ग्यालरी’ जस्तै भएको छ ।’

मन्दिर क्षेत्रमा भएको कला प्रदर्शनीमा सुरेम, दीलकुमार र अनिलसँगै लालकाजी लामा, एनबी गुरुङ, दीपेन्द्रमान बनेपाली, अर्जुन न्यौपाने, डि बराल, नरबहादुर बिक, नीम गोले, ज्ञानेन्द्रमान अमात्य, सुरेन्द्रराज अधिकारी, टीका राई, दीपेन्द्र लामा, सञ्जय राई, किरण सैजु, जिनी नकर्मी, राजकुमार महर्जन, विकास शाक्य, राजन महर्जन लगायत कलाकारका कला प्रदर्शन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.