आशमै बित्यो जनआन्दोलनकी घाइतेको दसैं
इलामः ओली सरकारले असार २६ गतेको मन्त्रीपरिषद् बैठकबाट छुट्याएको दुईलाख पाउँला र ठूलो अस्पतालमा उपचार गराउने आशमा बसेकी इलामको सुर्योदयनगरपालिका ९ की जनआन्दोलन घाइते गंगामाया प्रधानको दसै पनि आशमै वित्यो ।
उनी दसैपछि भारतको भ्यालोर पुगेर उपचार गराउने योजनामा थिइन् । दसैकै विचमा हालखवर बुझ्न घरमा पुग्दा गंगामायाले भनिन् , 'दसै पनि आशमै बित्यो, अब यसै थलिन्छु होला ।'
अघिल्लो सरकारले दुईलाख रुपयाँ आर्थिक सहायतादिने निर्णय गरेपछि उनलाई सरकारले देखेको ठानेकी थिइन् । तर तीनमहिना वित्दा समेत उनको हातमा पैसा परेको छैन । स्वास्थ्यमन्त्रालयले उनको उपचारको विल सबै हराइदिएपछि गहमन्त्रालयले रोकिदिएको हो ।
गंगामायाले उपचार खर्चवापतका सबै बिलभरपाइ २०६६ सालमै स्वास्थमन्त्रालय पठाएकी थिइन् । उनको बिल तत्कालीन सभासद टिकाराम लाप्चाले लगेर बुझाएको बताए । लाप्चाले भने ‘सबै बिलभर्पाइ मैले नै लगेर स्वास्थमन्त्रालयमा बुझाएको हो ।' घइते गंगामायाले २७ थान बिल स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको बताइन् ।
स्वास्थ मन्त्रालयका शाखा अधिकृत तुलसी दहालले बिलभपाई नै मन्त्रालय नआएको भन्दै बचाउ गरे । उनले भने-‘उहाँको बारेमा जानकारी अाएकाे छैन म ६ बर्ष देखि यहि शाखामा छु ।'
प्रधानलाई रकम दिलाउन मन्त्रालय धाइरहेका बिमल गुरुङले शाखाले बिल नभेटिएकाे जवाफ दिएको बताए । उनले स्वास्थ मन्त्री गगन थापालाई भेटेर रकम भुक्तानीका लागि आवश्यक प्रकृया मिलाई दिन आग्रह गरेकाे सुनाए ।
थापाले पनि पहल गर्ने आश्वासन दिएको गुरुङकाे भनाइ छ । आश्वासन पाएको एक महिनाभन्दा बढी भएपनि काम भएको छैन । गंगामायाले भनिन्-'बिल माग्छ पहिले नै बुझाएकी छु, अहिले मसंग केहि पनि छैन, फोटोकपि पनि राखिन् ।'
गृह मन्त्रालयका सूचना अधिकारी भविश्वर पाण्डेले कागजात नमिलेकाले रकम नपाएको बताए । उनले गृह मन्त्रालयले विलविना रकम नदिनु भनेकाले रकम रोकिएको बताए । उनले भने–‘ बिल आए एक दिन पनि रकम रोकिदैन ।'
घाइते प्रधानसंग स्वास्थ यमन्त्रालयले २०६६ असार २२ गते जिल्ला प्रशासन कार्यालय इलाममा पठाएको चलानी नम्बर ८२ को पत्रमा २ लाख ५० हजारको बिलपाएको उल्लेख छ । प्रधानले भनिन् ‘मन्त्रालयको व्यवहारले चोटमाथि चोट थपिएको छ ।'
दोस्रो जनआन्दोलनलनकी घाइते गंगामायाले अहिलेसम्म राज्यबाट एक रुपयाँ पनि पाएकी थिइनन् । उनले आन्दोलनको घाइते प्रमाणित गरेका कागज देखाउँदै गुनासो गरिन ‘सबै कागजात जलाईदिउँ जस्तो लाग्नथालेको छ ।'
उनी काठमाडाैँ बागबजारमा प्रहरीको लाठ्ठि प्रहारबाट २०६२ मंसिर १० गते दिउसो घाइते भएकी थिइन् । प्रहरी आक्रमणमा परेकीगंगाको कम्मर मुनीको अङ्ग चल्दैनन् । दिनदिनै सिथिल बन्दै गएकी उनको उपचार खर्च बढेको बढेकै छ । मेरुदण्डमा असर परेको डाक्टरले बताएका छन् । घाइते भएको दिन देखि निरन्तर ‘पेनकिलर'को भरमा जीवन थामेकी उनले भनिन्– ‘राम्रो अस्पतालमा पुगेर उपचार गर्ने आर्थिक अवस्था छैन ।'
घाइते हुँदा गंगा ३५ बर्षकी थिइन । सामाजिक कामम निक्कै सकृय थिइन् । अहिले घरको आँगनमा पुग्न पनि सक्दिनन् । ‘कोठामै ढले भने उठाउने सहारा चाहिन्छ, फोन साथमै राख्छु र सहयोगका लागि हारगुहार गर्छु ।' उनले सुनाइन् ।
नर्भिकबाट शुरु भएको उपचार वीर अस्पताल हुँदै दिल्लीसम्म पुग्यो । उपचारकै लागि ज्१७ लाख रुपैयाँ खर्च भयो । दिल्लीम खर्चको अभाव भएपछि गंगा जबरजस्ती इलाम आइन् । त्यसपछि दुखेको थाहा नपाउने औषधि खाएर पीडा सहने प्रयास गर्दैछिन् ।
जिल्ला प्रशासन कार्यालय इलामले २०६९ मंसिर १३ मा स्वास्थ मन्त्रालयलाई पत्र लेखेर गंगालाई जनआन्दोलनको घाइतेका रुपमा पाउने उपचार खर्च र अपाङ्ग बापतका सेवा सुविधा उपलव्ध गराउन आग्रह गरेको छ । गंगाले भनिन् ‘अहिलेसम्म कुनै सुविधा पाएको छैन ।'
उनका खुट्टाले भरै गर्दैन । कम्ममुनीको भाग आफ्नो हैन की जस्तो भएको छ । रातदिन अरुको सहारामा दिन काटेको दशबर्ष पुगि सक्यो । उमेरले ८५ पुगेकी आमा विष्णु कुमारीले उनलाई भरसक छोड्दिनन् ।
विष्णु कुमारीले गुनासो गरिन् ‘हामीलाई पाल्ने बेलामा सरकारले जवान छोरीलाइ अपाङ्ग बनाई दियो ।' गंगालाई अहिले पनि मासिक दशहजार बढिको औषधि प्रयोग हुँदै आएको छ ।
दोस्रो संविधानसभाको चुनावताका नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेकी गगामायाकाे घरमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल पटक पटक पुगेका छन् । खनालले उनको स्वास्थ अवस्थाको बारेमा निक्कै चासो राखेका थिए । ‘सबै प्रमाण रहेछ, उपचारमा सरकारको सहयोग दिलाउँछौ ।' भन्दै फर्किएका थिए ।
चुनाव सकिएपछि खनाल पनि अरु जस्तै गंगादेखि तर्किन थालेका छन् । सिधै फोन गर्नु भनेर आफ्नै फोन नम्बर दिएका खनाल गंगाको फोन आउँदा उठाउँनै छोडेको उनले बताइन् ।